पहिरोले पोल बगायो, रुकुम पूर्वका जनता ४ दिनदेखि अँध्यारोमा

रुकुम - मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले विद्युतको पोल ढाल्दा रुकुम पूर्वका नागरिक ४ दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरणका २ हजार ५०० ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् । रानीकोट पहिरोका कारण रुकुम पश्चिमको धैरेनीचौर सबस्टेसनबाट रुकुम पूर्वमा ल्याइएको ११ केभिए केन्द्रीय प्रसारण लाइनमा पर्ने ४…