काठमाण्डु-पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चलचित्र ‘नमेटिने घाउ’मा आफूले गरेका अभिनय दृश्यको डबिङ गरेका छन् । रेडियो नेपालको स्टुडियोमा पुगेर उनले चलचित्रमा आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अभिनय गरेका छन् ।…