लेखा समितिमा विद्युत् महसुल विवाद : लाल आयोगको प्रतिवेदन झिकाउने

काठमाण्डु – प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रंक’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन झिकाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बिहीबार पत्र लेख्दै प्रतिवेदन अध्ययनका लागि पठाइदिन अनुरोध गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । समितिले बिहीबार ‘डेडिकेटेड’…