काठमाण्डु-चितवनमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते छन् । भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलस्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ६ ख ५९९६ नं.को कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी ०१ एल ९१६१ भारतीय नम्बरको ट्रक आज बिहान एक आपसमा ठोक्किएको थियो ।…