काठमाण्डु-चीन भ्रमणामा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले चीनको युनान प्रान्तका उपगभर्नर वाङ हाओसँग भेटवार्ता गरेकी छिन् । चीनको कुनमिङमा जारी पाँचौं चीन–दक्षिण एसिया सहयोग सहकार्य मञ्चमा भाग लिन पुगेकी उनले आज उपगभर्नर वाङसँग भेट गरेकी हुन् । मन्त्रालयका अनुसार भेटमा उनीहरूबीच व्यापार, पर्यटन, जनस्तरको सम्बन्ध र कनेक्टिभिटीका क्षेत्रमा सहयोग लगायत आपसी हितका विषयमा छलफल भएको…