विराटनगर – उपचारको क्रममा कोशी अस्पताल विराटनगरबाट फरार भएका कैदी बिहीबार पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका कैदी अस्पतालबाट साउन १७ गते फरार भएका थिए । कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार विराटनगर उपमहानगरपालिका–८ निवासी २४ वर्षीय मोहम्मद अहमदलाई…