काठमाण्डु - संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा २१३ जना नेपाली शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन्। चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन सुडानर्फ प्रस्थान गरेका हुन्। मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी खिम बहादुर…