सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाण्डु – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको बताए । आपसी सहमतिअनुसार नै कांग्रेस–एमालेबीच सत्ता सहयात्रा अघि बढिरहेको…