बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सबै निकायलाई निर्देशनसमेत दिएका छन् । बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरणका लागि सबै तहका सरकारले…