ढुंगा खसेर नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिङ सडक ढुंगा खसेर एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको छ । सडक दुईतर्फी खुलाउनका लागि लोडर मशिन पहिरोतर्फ पठाइएको र करीब १ घण्टामा सडक दुईतर्फी सञ्चालन हुने डिभिजन सडक कार्यालयले जनाएको छ । Techie IT