काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ गठबन्धन बन्ने भएपछि मंगलबार शेयर बजारमा खुशीयाली छाएको छ । मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २ हजार १००.४३ बिन्दुमा पुगेको छ । नेप्सेमा ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ…