अमेरिकाको डढेलो : मृतकको संख्या २४ पुग्यो, २७० अर्ब डलर बराबरको क्षति

काठमाण्डु- अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ । केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ । प्रतिघण्टा ६० माइलको…