बुधवारदेखि उपत्यकाका बालबालिकालाई पोलियो खोप दिइने

काठमाण्डु-काठमाडौं उपत्यकाका पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा खोप दिइने भएको छ । साउन ९ देखि १२ सम्म उपत्यकाका तीन जिल्लामा पोलियोविरुद्धको खोप दिइने भएको हो । राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो । गत जेठ २३ गते दोभानबाट संकलन…