काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारले भ्रष्टाचारको विषयमा ताकीताकी हान्ने (सेलेक्टिभ जजमेन्ट) गर्नु हुँदैन भन्ने निष्कर्ष छ । प्रतिवेदनको पृष्ठ १० मा उल्लेख छ, ‘नेकपा एमाले, वर्तमान सरकार र दुवै पार्टीको साझा निष्कर्ष हो – भ्रष्टाचारको विषयलाई राजनीतिकरण गरिनु हुँदैन । यस्ता…