काठमाण्डु-सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अध्यक्षमा लोकतान्त्रिक समूहका पोखरेल निर्वाचित भएका हुन् । अन्य पदमा पनि पोखरेल नेतृत्वको टिमकै वर्चस्व कायम भएको छ। पोखरेलले ३६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापाले १८१ मत पाए। उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन्।…