काठमाण्डु - नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिएपछि आजबाटै इन्धन ढुवानी सुरु भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि चालकहरूले आन्दोलन फिर्ता लिने सहमति भएको हो । वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा भएको छलफलमा टयांकर संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने सहमति…