सहकारी ठगीमा थुनछेक बहस : सरकारी वकिलको तर्क प्रस्तुत, भोलि जाहेरवालाको बहस हुने

काठमाण्डु – पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थुनछेक बहस चलिरहँदा सरकारी वकिलको तर्फबाट तर्क राखिसकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिलको थुनछेक बहस सकिएपछि भोलि बिहीबार जाहेरवालाको तर्फबाट बहस हुनेछ । बुधबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन् ।…