काठमाण्डु - विश्वकै सर्वोच्च शिखर सगरमाथासँग जोडिएर तयार भएको नेपाली चलचित्र ‘जेरी अन टप’ को प्रदर्शन शुक्रबारबाट भएको छ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर यो चलचित्र तयार भएको हो । यसमा सगरमाथालाई मुख्य विषय बनाइएको छ। चलचित्रले नेपालको पर्यटकीय स्थलको प्रवर्द्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पु¥याउन थप मदत गर्ने अभिनेता अनमोल केसीले…