काठमाण्डु-एमालेबाट निष्कासित भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दैछन् । उनले भावी कार्ययोजना समेत जानकारी गराउन आज पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए । एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।…