काठमाण्डु- अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको जनाएको छ । मंगलबार राति पाक्टिकाको बर्मल जिल्लामा भएको आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका छन् । तालिबान अधिकारीहरूका अनुसार वजिरिस्तानका शरणार्थीहरूलाई लक्षित गरी आक्रमण भएको थियो । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको बताएका छन्…