काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।…