रोल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। माडी गाउँपालिका– ३ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप दुर्घटना भएको हो। सोमबार दिउँसो भएको दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छैन। दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घाइतेहरूको अवस्था चिन्ताजनक भएकाले मृतकको…