काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ त्रिभुवन चोकस्थित सडकमा बा ०६–००४ प १६७७ नम्बरको मोटरसाइकल भे१ज १३२६ नम्बरको गाडीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चुरे गाउँपालिका–१ बस्ने ३० वर्षीय बाल कृष्ण कँडेलको मृत्यु भएको छ । दुर्घनामा गम्भीर घाइते भएका…