काठमाण्डु- दार्चुलामा आज बिहान भूकम्प गएको छ । बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । थप विवरण आउँन बाँकी छ ।