काठमाण्डु- अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ढुंगानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ढुंगानाले विश्वमा…