काठमाण्डु – सरकारले सबै तहका भ्रष्टाचारका फाइलहरू खोल्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै तहका भ्रष्टाचारको छानबिन गरिने बताए । ‘सबै तहका भ्रष्टाचारका फाइलहरू खोलिनेछ,’ उनले भने ।