काठमाण्डु – गृहमन्त्री रमेश लेखकले संविधान, नागरिकता ऐन, नियमावली र सर्वाेच्च अदालतको आदेशका आधारमा नागरिकता सम्बन्धी निर्देशिकालाई समयसापेक्ष बनाउने बताएका छन् । न्यूज एजेन्सी नेपाल (नान) द्वारा शनिबार आयोजित ‘नागरिकलाई नागरिकताः कानून कि व्यवहार’ विषय कार्यक्रममा उनले नागरिकता सम्बन्धी निर्देशिकालाई संविधानको व्यवस्था अनुरूप हुने परिमार्जन गर्न समीक्षा गर्ने विश्वास दिलाए । गृहमन्त्री लेखकले भने, ‘संविधान,…