सुदूरपश्चिम सरकारका अर्थमन्त्री थापाले गरे विवाह

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले शुक्रबार विवाह गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी ६५ वर्षीय मन्त्री थापाले बेदकोट नगरपालिकाको सिसैयाकी भावना विष्टसँग विवाह गरेका हुन् । नेपाली कांग्रेसका नेता रहेका थापा प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका थिए ।