काठमाडौंमा एक महिलाले लगाइन् आफ्‍नै शरीरमा आगो

काठमाण्डु– काठमाडौंमा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छिन् । काठमाडौंको कागेश्वरी मनोहरा–८ किरात चोकमा शनिबार दिउँसो महिलाले आगो लगाएकी हुन् । बा३५प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी उनले बागमति करिडोरमा गएर आफूमाथि आगो लगाएकी काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । उनी को हुन् र किन आगो लगाइन् भन्ने खुलीनसकेको प्रहरीले जनाएको छ ।…