रुपन्देही - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखदमा घटनामा परि निधन भएकी प्रकृति लम्सालको परिवारसंग भेटवार्ता गरेका छन् । कोइरालाले घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकिएको भेटमा बताएका छन् । रुपन्देहीको भैरहवा स्थित रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र…