काठमाण्डु- इस्लाम धर्मावलम्बीको पर्व रमजान मुबारक महिना आइतबारदेखि सुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनमा निराहार बस्छन् । रोजा बस्न उनीहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाइ प्रारम्भ हुन्छ । रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ…