काठमाण्डु – मुलुकभरका सरकारी कार्यालयमा कार्यालय समयमा अब सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न लिखित निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी शाखा अधिकृत ज्योती पौडेलले आइतबार लिखित निर्देशन दिँदै टिएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएकी…