त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छली ल्याउन लागिएकाे सुनसहित दुईजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा प्युठान सरूमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरूङ गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् । पक्राउमध्ये हिमालय एयरलाईन्सको उडानद्वारा…