निर्वाचनमा चलेन भाजपाको ‘अयोध्या कार्ड’

काठमाण्डु - भारतमा लोकसभा निर्वाचनको घोषणादेखि मतदान सम्पन्‍न भएर मतपरिणाम आइसक्दासम्म अयोध्यामा हालै पुनर्निर्माण भएको राम मन्दिरको मुद्दा अझै सेलाएको छैन । राम मन्दिरको पुनर्निर्माणलाई धेरैले भारतीय जनता पार्टीको निर्वाचन जित्‍ने रणनीतिका रूपमा अर्थ्याएका थिए । तर, मत परिणाम आइसकेपछि विश्लेषकरूले राम मन्दिरको पुनर्निर्माण प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन अघि चलाएको ‘हिन्दुत्व’को कार्ड अयोध्यामा असफल भएको…