क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा वैद्य पुनः निर्वाचित

काठमाण्डु – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिवमा पुनः मोहन वैद्य निर्वाचित भएका छन् । १० दिनसम्म काठमाण्डुको कीर्तिपुरमा चलेको महाधिवेशनले वैद्यको नेतृत्वमा ११७ केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । एकता महाधिवेशनले बहुपदीय व्यवस्था खारेज गरेको छ । पार्टीको महाधिवेशन मंसिर १३ गतेदेखि सुरु भएको थियो ।