स्वदेशी उद्योगको विद्युत् कटौती गरी भारतलाई बेचिएकोमा परिसंघको आपत्ति

काठमाण्डु -नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योगहरूमा विद्युत कटौती गरी नेपाल विद्युत् प्राधिकरणले विद्युत निर्यात गरेकोमा आपत्ति जनाएको छ । विद्युत प्राधिकरणले दैनिक ४०० मेगावाट विद्युत भारत निर्यात गरेको जनाएको छ । नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत् राख्दै प्राधिकरणले विद्युत् निर्यात गरेको विषयप्रति परिसंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सरकारले स्वदेशी उद्योगहरूको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको…