सिँचाइ आयोजनामा अनियमितता गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुस्थित तन्दावाडा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरी राज्यलाई हानिनोक्सानी पुर्‍याएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनीयर देवीप्रसाद पाण्डे, सिँचाइ आयोजना (सीआईपी) का इन्जिनीयर महेशसिंह कठायतसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । सबइन्जिनीयर भीमबहादुर रोकाया,…