सभामुख पार्टी कार्यकर्ताका रूपमा सदनमा प्रस्तुत भए : कांग्रेस

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेलाई संसद्मा पार्टी कार्यकर्ताको रूपमा प्रस्तुत भएको आरोप लगाएको छ । प्रतिनिधि सभा बैठकपछि सोमबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले पटक–पटक बोल्न माग गरे पनि सभामुख घिमिरेले समय नदिएर संसद्मा पार्टी कार्यकर्ताको व्यवहार देखाएको बताएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै…