काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । चिनियाँ प्रधानमन्त्री लि छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन् । भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री छ्याङसँग छुट्टाछुट्ट भेटवार्ता गर्नेछन् । राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री छ्याङसँगको भेटवार्तामा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा…