काठमाण्डु– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ। सुवेदीले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट २ करोड रुपैयाँ दुई ट्रकमा निकालिएको दाबी गरेका थिए। सचिवालयका संयोजक गोविन्द आचार्यले आइतबार साइबर ब्युरोमा उजुरी दर्ता गरिएको पुष्टि गर्दै भने,…