काठमाण्डु – नेकपा एमालेले ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय सचिवालयको बैठकपछि निर्णयबारे जानकारी गराउँदै उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनको स्थानबारे केन्द्रीय कमिटी बैठकबाट निर्णय हुने जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठक असोज २९, ३०, ३१ गते बस्दैछ । एमालेले संसद् विघटनलाई असंवैधानिक मान्ने ठहर गरेको छ ।