प्रधानन्यायाधीश राउत सम्मिलित इजलाशले सफाइ दिएको सहसचिव आचार्यको मुद्दा पूर्ण इजलाशले उल्ट्यायो

काठमाण्डु – सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले काठमाडौँका प्रमुख जिल्ला अधिकारी एवं नेपाल सरकारका सहसचिव जयनारायण आचार्यको प्रमाणपत्रसम्बन्धी वर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सम्मिलित तीन न्यायाधीशको इजलाशले दिएको सफाइ पूर्ण इजलाशले उल्टाइदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना रहेको पाँच न्यायाधीशको पूर्ण इजलाशले वर्तमान प्रधानन्यायाधीश…