काठमाण्डु- स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण गरी प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न भएको छ । फागुन ६ गतेबाट ९ दिनसम्म चलेको धार्मिक महोत्सव १४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रिको अवसरमा पारेर नेपालमै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिएको हो । अर्जुनचौपारीको यो अनुष्ठान तथा धार्मिक महोत्सव फरक किसिमका…