काठमाण्डु-नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रवार बिहान भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच पुगेको छ । अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रो बसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२…