काठमाण्डु - सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । यस्तै सुतिखोला जलविद्युत आयोजना, तामाकोशी, माथिल्लो संखुवासभा लगायतका आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न…