काठमाण्डु– कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन्। बुढाथोकीले बुधबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्। ६५ वर्ष उमेर पूरा भए पछि पनि पदमा बसको भन्दै चौतर्फि आलोचना भएपछि बुढाथोकीले ६५ वर्ष पूरा भएको २१ दिनपछि राजीनामा दिएका हुन्। उनीविरुद्ध दोहोरो सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो…