इजरायलस्थित नेपाली दूतावासले भन्यो-सुरक्षित र सतर्क रहनू, आवश्यक परे फोन गर्नू (सूचनासहित)

काठमाण्डु - मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ । दूतावासले संयमता अपनाउन र आफू बसोबास गरिरहेकै ठाउँमा सतर्क एवं सुरक्षित रहन अनुरोध गरेको हो । ‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना मंगलबार जारी गर्दै दूतावासले सो आग्रह गरेको हो ।…