सरकारले पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने

काठमाण्डु– सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्दै आएको करमा भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्का अन्य निर्णयहरु -काठमाण्डु–तराई मधेश द्रुतमार्गमा पर्ने ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने, १८ हजार ८९८…