कांग्रेसले सहमति भएको भन्दा एक मन्त्रालय बढी मागेपछि कोशीमा विवाद

विराटनगर – कोशी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्की तथा सत्ताको नेतृत्वकर्ता नेकपा एमालेसँग पहिला सहमति भए भन्दा एक मन्त्रालय बढी मागेपछि विवाद भएको छ । कांग्रेसभित्रको आन्तरिक समस्या व्यवस्थापन गर्न मुख्यमन्त्रीसँग ५ मन्त्रालय मागेपछि विवाद भएको हो । ११ साउनमा कांग्रेस एमालेबीच कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिने सहमति भएको थियो ।…