एक घण्टा ढिलो छुटेको बसका चालकले तीव्र गतिमा बस गुडाएपछि…

बागलुङ- ‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो। साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो। पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो’, धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए। उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने…